दफा २२
नाम हटाउने र पुन दर्ता गर्ने व्यवस्था
(१) देहायको कुनै अवस्थामा परिषद्ले सदस्यको नाम सदस्यता दर्ता किताबबाट हटाउने आदेश दिन सक्नेछः–
(क) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट कसूरदार ठहरी सजाय पाएमा,
(ख) संस्थालाई बुझाउनु पर्ने शुल्क नबुझाएमा,
(ग) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिमको पेशागत आचरण पालना नगरेमा,
(घ) मगज बिग्रेमा, वा
(ङ) मृत्यु भएमा ।
(२) उपदफा (१) बमोजिम सदस्यताबाट नाम हटाइएको व्यक्तिले मनासिब माफिकको कारण देखाई पुन सदस्यता प्राप्त गर्न दरखास्त दिएमा परिषद्ले तोकिए बमोजिमको दस्तुर लिई निजको नाम पुन दर्ता गरी सदस्यता दिने निर्णय गर्न सक्नेछ ।